वीरगञ्जको घडीअर्वा छठ घाट सजावटमा १५ लाख खर्च

November 2, 2019   Filed under Jasket Khabar >>>> Please Subscribe our Youtube Channel

छठ पर्व शुरु भएसँगै वीरगञ्जका मुख्य छठ घाटहरू सिँगार्ने कार्य जोडतोडले भइरहेको छ । छठको मुख्य दिन अस्ताउँदो सूर्य र त्यसको भोलिपल्ट अर्थात अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिनका लागि ब्रतालुहरु छठघाट जाने गर्छन् ।

केही वर्षयता वीरगञ्जका छठघाटहरुको सजावटमा लाखौं खर्च गर्न थालिएको छ । नदी, पोखरी, तलाउको किनारमा बनाइने छठघाटलाई झिलिमिली बत्ती र रंगिचंगी पण्डालले सिंगार्ने गरिन्छ । छठघाटको सय मिटर परदेखि नै पण्डाल, झिलिमिली बत्ती लगाएर आकर्षक बनाउनदेखि सुरक्षा व्यवस्थामा समेत गरी लाखौं खर्च गर्ने प्रचलन बढ्दैछ ।

वीरगञ्जको घडीअर्वा, मुर्ली, नगवा, छपकैया, रानीघाट, आदर्शनगर स्वीमिङ पुललगायत छठ घाटको सजावट तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको पूजा समितिहरूले जनाएका छन् ।

आकर्षक छठघाट हेर्नका लागि मात्रै दर्शनार्थीहरु वीरगञ्ज आउने गरेका छन् । वीरगञ्जमा बीचमा सूर्य भगवानको मन्दिर भएको घडीअर्वा पोखरी छठघाटलाई विशेष मानिन्छ । घडीअर्वा छठघाटलाई यसवर्ष झण्डै १६ लाख खर्च गरेर साज सज्जाको काम भइरहेको छ ।