ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ

November 2, 2019   Filed under Jasket Khabar >>>> Please Subscribe our Youtube Channel

ज्यान मार्ने उद्योगका फरार प्रतिवादी भारत माहाराजगंज अमरपुर्वनका ४३ वर्षीय राज केशरी भन्ने दिलिप राज केशरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुरकी २० वर्षीया युवतीलाई २०७० बैशाख ९ गते बिहान घातक पदार्थ एसिड छ्यापी घटना पश्चात फरार रहेका केशरीलाई ईलाका प्रहरी कार्यालय जितपुर सिमरा बाराबाट समेत खटिएको प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका-२३ भलोहीमा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

केशरीलाई मकवानपुर जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।